Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शिक्षा क्षेत्रमा आमूल परिवर्तनको पहल हुन्छ : मन्त्री देवेन्द्र पौडेल

शिक्षा क्षेत्रमा आमूल परिवर्तनको पहल हुन्छ : मन्त्री देवेन्द्र पौडेल


  • 7.5K
    Shares

    शिक्षा क्षेत्रमा आमूल परिवर्तनको पहल हुन्छ : मन्त्री देवेन्द्र पौडेल

    काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शुक्रबार पदभार सम्हाल्दै शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै शिक्षामा आमुल परिवर्तनका लागि आफ्नो प्रयत्न रहने बताएका छन् ।

    देश र जनताको पक्षमा शिक्षा क्षेत्रबाट हुनुपर्ने काम गर्ने र अहोरात्र खटेर परिणाम युक्त काम गर्ने पौडेलले बताए । आफ्नो वा कोही व्यक्तिको लागि नभएर देश र जनताको लागि अहोरात्र काम गर्ने उनको भनाइ छ । उनले भने,‘ म मेरो आफ्नो लागि वा व्यक्तिगत प्रयोजनको लागि भन्दापनि शिक्षामा आमुल परिवर्तन गर्ने प्रयत्न गर्नेछु ।’

    समाजवाद उन्मुख राज्य प्रणाली स्थापनाका लागि शिक्षा क्षेत्रबाट गर्नुपर्ने शैक्षिक सुधार, आवश्यक जनशक्ति उत्पादन र नीतिगत सुधारका लागि आफुले काम गर्ने उनको भनाइ छ । शैक्षिक बेरोजगारको समस्या समाधानका निम्ति आफ्नो धेरै भन्दा धेरै प्रयास रहेने उनले बताए ।

    माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गोपनीतको शपथ लिएलगतै शिक्षा मन्त्रालय पुगेर पदभार सम्हालेका हुन् । उनलाई शिक्षा मन्त्रालयका कर्मचारी र सचिवले स्वागत तथा बधाई दिएका छन् ।

    मन्त्री पौडेलले कार्यभार सम्हाल्दै शिक्षामा सबैको अनुभवलाई लिएर काम गर्ने बताएका छन् । संविधानले दिएको अधिकारलाई सुनिश्चित गर्ने गरी काम गर्ने उनको भनाइ छ ।

    बाग्लुङको अमलाचौर, बड्डाडाँमा २०२१ साल पुस २८ गते जन्मेका पौडेल पहिलो पटक मन्त्री बनेका हुन् ।  उनले २०३६ सालमा विद्यार्थी आन्दोलनमा सहभागी भएर आफ्नो राजनैतिक यात्रा सुरु गरेका थिए ।

    पौडेललाई तत्कालीन सरकारले २०४२ सालमा १८ महिना धनगढी जेलमा बन्दी समेत बनाएको थियो । एकता केन्द्रसंगको एकता पछि अखिलको महासचिव बनेका उनी माओवादीले २०५१ सालबाट शुरु गरेको शसस्त्र संघर्षमा सुरु देखि नै सामेल भएका थिए ।

    २०६८ सालमा प्रधानमन्त्री डा.बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका पौडेल भट्टराईले माओवादी छाडेर नयाँ शक्ति गठन गर्दा साथ दिएका थिए । भदौ २०७४ मा पौडेल पुन माओवादी केन्द्रमै फर्किए थिए । शिक्षामन्त्री बनेका पौडेलले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

    प्रकाशित मिति :आश्विन २२ २०७८ शुक्रवार - २०:५७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij