Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सभ्यताको पहिचान सरसफाई भन्ने सन्देशका साथ विभिन्न २४ संघसंस्थाको सहभागितामा सोह्रखुट्टे–मेडिकलचोक सरसफाई कार्यक्रम सम्पन्न

सभ्यताको पहिचान सरसफाई भन्ने सन्देशका साथ विभिन्न २४ संघसंस्थाको सहभागितामा सोह्रखुट्टे–मेडिकलचोक सरसफाई कार्यक्रम सम्पन्न


  • 12.0K
    Shares

    सभ्यताको पहिचान सरसफाई भन्ने सन्देशका साथ विभिन्न २४ संघसंस्थाको सहभागितामा सोह्रखुट्टे–मेडिकलचोक सरसफाई कार्यक्रम सम्पन्न

     स्मार्ट बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा विभिन्न २३ संस्थाको सहभागितामा काठमाडौंको सोह्रखुट्टेदेखि मेडिकलचोक, खुसिबुँसम्म सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

    viber_image_2020-12-26_09-41-01.jpg फेन्सी व्यवसायी संघ, नेपालका अध्यक्ष राजेन्द्रबाबु श्रेष्ठको पहल तथा उपत्यका सरसफाई वरिष्ठ अभियन्ता प्रकाश कुँवर र सिद्धिगणेश टोल सुधार समितिका अध्यक्ष तथा ब्लड डोनर्स एसोशियसन मध्यक्षेत्रका साथै राष्ट्रिय संगीतकर्मी संघ, काठमाडौं जिल्ला उपाध्यक्ष आर.बी. ठकुरीको संयोजनमा उक्त सरसफाई कार्यक्रम सम्पन्न भएको हो । 
     स्मार्ट एरोविक्स म्हय्पी, फेन्सी व्यवसायी संघ, नेपाल, खबर सेण्टर डट कम, संयम बचत तथा ऋण सहकारी संस्था लि., सिद्धिगणेश टोल सुधार समिति, सिग्मा कलेज, पहिक्वः युथ क्लव, मकालु फ्रेस हाउस, सामुदायिक प्रहरी सोह्रखुट्टे, पिपल्स डेण्टल कलेज, दिदी बहिनी महिला समूह, सिटिजन लाइफ इन्स्योरेन्स कं.लि., महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे, नयाँबजार सामाजिक युवा क्लब, सिग्मा कलेज, आधारशिला कलेज, स्मार्ट फेन्सी स्टोर, गोर्खाली फेन्सी कलेक्सन, गिताञ्जली कलेज, मनासलु कलेज, नयाँबजार टाउन प्लानिङ्ग सामाजिक संघ, कामपा वडा नं. १६ वडा कार्यालय र समाज कल्याण खेलकुद केन्द्र क्लबको सहभागीतामा भएको सरसफाई कार्यक्रम खुसिबुँ फलफूलचोकमा कार्यक्रमका पहलकर्ता राजेन्द्र बाबुको छोटो मन्तव्यका साथ समापन भएको थियो ।

    viber_image_2020-12-26_09-41-36.jpg
     सरसफाई कार्यक्रमलाई समापन गर्ने क्रममा बोल्दै श्रेष्ठले सबैले आ–आफ्नो पसल तथा त्यस अगाडिको सडकसम्म मात्रै सरसफाईमा ध्यान दिने हो भने पनि वातावारवणलाई दीर्घकालिन रुपमा स्वच्छ र सफा राख्न सहयोग पुग्ने बताउनुभयो । 
     सोही कार्यक्रममा सिद्धिगणेश टोल सुधार समितिका अध्यक्ष आरबी ठकुरीले यस्तो कार्यक्रम दिनदिनै गर्न सम्भव नभएको तर टोल सरसफाईले त्यसठाउँको सभ्यता र स्वच्छताको परिचय दिने हुनाले सन्देशमुलक कार्यक्रमको रुपमा सरसफाई कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 

    viber_image_2020-12-26_09-41-03.jpg
     सोही कार्यक्रममा उपत्यका सरसफाई अभियानका वरिष्ठ अभियन्ता प्रकाश कुँवरले यस्ता सन्देशमुलक कार्यक्रम विभिन्न स्थानमा सम्पन्न भइसकेको र यसको सकारात्मक प्रभाव परेकोले अन्य स्थानमा पनि कार्यक्रमको आयोजना गरिँदै जाने बताउनुभयो ।

    viber_image_2020-12-26_09-41-48.jpg

     

     

    प्रकाशित मिति :पौष ११ २०७७ शनिवार - ११:४९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij