Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

लुम्बिनी सरकार ४० अर्ब हाराहारीको बजेट ल्याउँदै, विपक्षीले अवरोध गर्ने

लुम्बिनी सरकार ४० अर्ब हाराहारीको बजेट ल्याउँदै, विपक्षीले अवरोध गर्ने


  • 4.5K
    Shares

    लुम्बिनी सरकार ४० अर्ब हाराहारीको बजेट ल्याउँदै, विपक्षीले अवरोध गर्ने
    images

    काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । आज दिउँसो एक बजे बस्ने बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट सभामा पेश गर्ने कार्यसूची रहेको छ।

    प्रमुख विपक्षी दल एमालेले आजको बैठक पनि अवरुद्ध पार्ने बताएको छ । एमालेले सांसदद्वय अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्नुपर्ने मागसहित लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको छ।

    यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले चालु आर्थिक वर्ष ०७८-०७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो।

    प्रतिपक्षी दलहरूको असहयोगका कारण बजेट पारित हुन नसकेपछि तत्कालीन सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो।

    प्रकाशित मिति :आश्विन २० २०७८ बुधवार - १२:३४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij