२०८२ मंसिर ११ गते बिहिवार
सत्तारुढ गठबन्धनमा मन्त्रालय भागवण्डाको विषय मिलेको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय भागवण्डाको विषयमा मोटामोटी सहमति निकालेको हो ।
लामो समयदेखि मन्त्रालय भागवण्डाको विषयमा सत्तारुढ गठबन्धनभित्र सहमति हुन सकेको थिएन । प्रधानमन्त्री नियुक्त भएको झण्डै ३ महिना बित्न लाग्दा पनि सरकार विस्तार गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।
बालुवाटार निकट स्रोतका अनुसार आजको बैठकपछि नेताहरू आज वा भोलिमै सरकार विस्तार गर्ने मुडमा पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताउँदै आएका थिए ।
दुई दिनअघि मात्र प्रचण्डले ‘आजै मन्त्रीहरूको सपथ हुने’ पनि बताएका थिए । मन्त्रालय भागवण्डामा नेताहरूबीच कुरा नमिल्दा सरकार विस्तारको काम हुन सकेको थिएन ।
आजको बैठकमा नेताहरुले कुन दलले कति मन्त्रालय पाउने भन्नेबारेमा सहमति भएको हो । कांग्रेसलाई प्रधानमन्त्रीसहित ६ मन्त्रालय र माओवादी केन्द्र, नेकपा 9एकीकृत समाजवादी) र जसपालाई ५ मन्त्रालय र १र१ राज्यमन्त्री दिनेगरी सहमति जुटेको हो ।
प्रधानमन्त्री देउवाले यसअघि नै दलहरूलाई मन्त्रीहरुको नाम उपलब्ध गराउन भनेका थिए । यद्यपि कुन-कुन मन्त्रालय पाउने र कसले पाउने भन्नेबारे जानकारी गराइएको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij