Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रिय वाणिज्य बैंकले थप्यो ७ शाखा, देशभर शाखा कार्यालय २५४ पुग्यो

राष्ट्रिय वाणिज्य बैंकले थप्यो ७ शाखा, देशभर शाखा कार्यालय २५४ पुग्यो


  • 6.4K
    Shares

    राष्ट्रिय वाणिज्य बैंकले थप्यो ७ शाखा, देशभर शाखा कार्यालय  २५४  पुग्यो

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप सात नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ ।

    बाग्मती प्रदेश अन्तर्गत काठमाडौं जिल्लाको चन्द्रागिरी स्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरा स्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदावरी स्थित शाखा कार्यालय ठैव, भक्तपुर जिल्लाको कमलविनायक स्थित शाखा कार्यालय कमलविनायक, चितवन जिल्लाको बरुवाबजार स्थित शाखा कार्यालय माडी, सिन्धुपाल्चोक जिल्ला सदरमुकाम साँगाचोकगढी स्थित शाखा कार्यालय चौतारामा बैंकले शाखा विस्तार गरी कारोबार शुरू गरेको छ ।

    यसैगरी बैंकले लुम्बिनी प्रदेशमा प्युठान जिल्लाको सदरमुकाम मल्लरानी स्थित शाखा कार्यालय प्युठान मा शाखा विस्तार गरी कारोबार  शुरू गरेको छ । यसपछि बैंकको शाखा कार्यालयहरूको संख्या २५४ पुगेको छ ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट सर्वसाधारण एवं व्यवसायी उद्यमीहरुको वित्तीय पहुँचमा थप सघाउ पुगि आधुनिक बैंकिङ्ग सेवा पाउने विश्वास व्यक्त गरे ।

    बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५४ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 

    प्रकाशित मिति :आश्विन १९ २०७८ मंगलवार - १२:००:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij