Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची


  • 4.3K
    Shares

    प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
    images

    काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ । 

    एमालेले नियमित रुपमा संसदमा नाराबाजी गर्दै आए पनि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कामकारबाही सञ्चालन गर्दै आएका छन् । 

    आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगती प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । 

    एमालेले कारबाही गरेका १४ सांसद् पदमुक्त गरेको सूचना टाँस नगर्दासम्म संसद्को अवरोध जारी राख्ने बताउँदै आएको छ । उसले १४ सांसद् पदमुक्त गरेको सूचना टाँस गर्न नसके सभामुखलाई राजीनामा दिन आग्रह गर्दै आएको छ ।

    243941612_260442306088283_7246084873070796041_n.jpg

     

    प्रकाशित मिति :आश्विन १९ २०७८ मंगलवार - १०:५४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij