Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माछापुच्छ्रे बैंक २२ औँ वर्षमा प्रवेश

माछापुच्छ्रे बैंक २२ औँ वर्षमा प्रवेश


  • 4.7K
    Shares

    माछापुच्छ्रे बैंक २२ औँ वर्षमा प्रवेश

    माछापुच्छ्रे बैंक लि. २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ। सो अवसरमा बैंकले एक कार्यक्रमका बीचमा २० वर्ष भन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ। 

    यसअघि नै बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा ल्याएको आफ्नो १० दिने क्यास ब्याक अफरको आज (आइतबार) अन्तिम दिन रहेको छ।

    जस अन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पीओएस वा इ-कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक रु २१० सम्म र अफर अवधि भर अधिकतम रु २ हजार १ सय सम्मको  क्यास ब्याक पाउन सक्नेछन्। क्यास ब्याकको अतिरिक्त ग्राहकहरुलाई दैनिक आकर्षक उपहारहरु पनि प्रदान गरी रहेको छ। 

    डेबिट र क्रेडिट कार्ड बाहेक बैंकको मोबाइल बैंकिङबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकहरू मध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरुप फोनपेको तर्फबाट सामसुङ ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्नेछन्।  

    प्रकाशित मिति :आश्विन १८ २०७८ सोमवार - १४:५७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij