२०८२ भाद्र २ गते सोमवार
सन्राइज बैंकले आफ्नो १४औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आश्विन १७ गते देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
सहयात्रा जीबन सुरक्षाको लागि भन्ने नाराको साथ आश्विन १५, २०७८ मा बैंकले सातै प्रदेशमा रक्तदान कार्यक्रम गरेका थिए । बैंकले आयोजना गरेको सो कार्यक्रममा २५५ जनाले रक्तदान गरेका थिए । आउँदै गरेको महान चाँड दशैंमा मानिसहरु किनमेल, भ्रमण आदिमा व्यस्त रहने र उक्त समयमा हुन सक्ने रगत अभावलाइ परिपूर्ति गर्न यस रक्तदान कार्यक्रमले मद्दत पुर्याउने बैंकको विश्वास छ ।
दशैं र बैंकको १४औं वार्षिकउत्सवको अवसरमा सर्वाधिक १०.०७ प्रतिशत ब्याज प्रदान गर्दै आएको यस बैंकले वातावरण, स्वास्थ्य, सरसफाई, आदि क्षेत्रमा यस महिना भर विभिन्न कार्यक्रम गरी सहयोग पुर्याउनने योजना रहेको जनाए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij