Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

महिला नेत्री पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष, को हुन् पञ्चा सिंह ?

महिला नेत्री पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष, को हुन् पञ्चा सिंह ?


  • 8.1K
    Shares

    महिला नेत्री पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष, को हुन् पञ्चा सिंह ?
    images

    काठमाडौं । अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई तोकिएको छ । आइतबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विद्यार्थी नेताहरुबीच भएको छलफलपछि सिंहलाई अध्यक्षमा तोकिएको हो ।

    क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेत र सिंह मुख्य दावेदार रहेका थिए । शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

    जारी २२ औं राष्ट्रिय सम्मेलनको बन्दसत्रबाट सिंह अखिल क्रान्तिकारीको अध्यक्ष बनेको घोषणा गर्ने तयारी छ । तामाङ नेतृत्वको कमिटीमा उपाध्यक्ष रहेका उनी अखिलमा पहिलो महिला अध्यक्ष बनेकी हुन् । सुर्खेत निवासी सिंह माओवादी केन्द्रकी कर्णाली प्रदेश कमिटी सदस्य समेत छन् ।

    को हुन् पञ्चा सिंह ?
    पञ्चा १४ वर्षको उमेरदेखि नै माओवादी आन्दोलनमा लागेकी हुन् । कालिकोटको महावैमा जन्मिएकी पञ्चा २०५८ सालमा १४ वर्षकै उमेरमा भूमिगत भएकी थिइन् । त्यतिबेला नेपालमा माओवादी द्वन्द्व चर्किएको अवस्था थियो ।

    भूमिगत भएको सुरुका दिनमा उनी माओवादीको कलाकार टिममा रहेर काम गरिन् । ६ महिना त्यता काम गरेपछि उनी अखिल क्रान्तिकारीमार्फत विद्यार्थी राजनीतिमा लागिन् र सँगसँगै अध्ययनलाई पनि अघि बढाइन् ।

    माओवादीमा लागेको छोटो समयमा २०५९ मा उनी जुम्ला जिल्ला कोषाध्यक्ष भएकी थिइन् । त्यसपछि २०६२ मा कालिकोट र जुम्लाको क्रान्तिकारीको अध्यक्ष बनिन् । २०६५ मा उनले भेरी –कर्णालीको क्रान्तिकारीको संयोजक बनिन् । क्रान्तिकारीको १७औं महाधिवेनले उनलाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको थियो ।

    त्यसपछि उनी क्रान्तिकारीको विभिन्न जिम्मेवारीमा रहेर काम गरिन् । २०७४ भदौमा काठमाडौंमा भएको क्रान्तिकारीको २१ महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर उनी उपाध्यक्षमा निर्वाचित भइन् ।

    प्रकाशित मिति :आश्विन १७ २०७८ आइतवार - १३:००:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij