Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

माओवादी नेता पुनको स्वास्थ्यमा सामान्य सुधार 

माओवादी नेता पुनको स्वास्थ्यमा सामान्य सुधार 


  • 4.2K
    Shares

    माओवादी नेता पुनको स्वास्थ्यमा सामान्य सुधार 
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सामान्य सुधार आएको छ । पुन थाइल्यान्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन् । 

    चिकित्सकका अनुसार पुनको शरीररमा देखिएको जन्डिसको समस्या नियन्त्रणमा आइरहेको छ । सामान्यतः स्वस्थ मानिसको रगतमा बिलिरुबिन नामक रसायनको मात्रा १।२ देखि ८ मिलिग्राम प्रति डेसिलिटरसम्म हुने गर्छ । तर, पुनको रगतमा बिलिरुबिनको मात्रा अन्यिन्त्रित भएर ३४ एमजीरडीएल पुगेपछि चिकित्सकले बैंकक रिफर गरेका थिए ।

    ‘अहिले उनको बिलिरुबिनको मात्रा घटेर २७ एमजीरडीएलमा आएको छ,’ उपचारमा संलग्न डा. नाथाभुत सिरिमोन्तापोनको भनाइ उद्धृत गर्दै पुनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीले भनिन् । घर्तीका अनुसार चिकित्सकले नयाँ औषधि चलाएका छन् । उक्त औषधिले राम्रो काम गर्न थालेको उनले उल्लेख गरिन् ।

    ‘नयाँ औषधिले राम्रो काम गर्न थालेको छ,’ घर्तीले भनिन्, ‘नेपालबाट आउँदाभन्दा अहिले राम्रो भएको छ ।’ यद्यपि बान्ता नरोकिएको उनले जानकारी दिइन् । खानामा अरुचि हुने समस्याका कारण पुनलाई सलाइन दिइएको छ ।

    जन्डिसको मात्रा अत्यधिक बढेको र उच्च ज्वरोसँगै निरन्तर बान्ता हुन थालेपछि पुनलाई गत आइतबार ललितपुरको सुमेरु अस्पताल लगिएको थियो । तर, नेपालमा उपचार कठिन भएको भन्दै चिकित्सकले बैंकक जान सुझाएका थिए ।

    पुन जन्मजात रूपमा जन्डिससम्बन्धी समस्याबाट पीडित छन् ।चार वर्षअघि पनि उनलाई नेपालका विभिन्न अस्पताल तथा भारतको मेदान्त अस्पतालमा उपचार सम्भव नभएपछि एयर एम्बुलेन्समार्फत बैंकक लगिएको थियो ।

    प्रकाशित मिति :आश्विन १७ २०७८ आइतवार - १२:०५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij