Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

८० दिनसम्म मन्त्रिपरिषद विस्तार हुन सकेन, भागबण्डा मिलाउन बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

८० दिनसम्म मन्त्रिपरिषद विस्तार हुन सकेन, भागबण्डा मिलाउन बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी


  • 5.3K
    Shares

    ८० दिनसम्म मन्त्रिपरिषद विस्तार हुन सकेन, भागबण्डा मिलाउन बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी
    images

    काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनको लागि मन्त्री र मन्त्रालयको भागबण्डा लगाउन बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ । बैठक बिहान ९ बजेदेखि जारी रहेको हो । 

    देउवाले सरकार चलाएको ८० दिनसम्म पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।  उनले हालसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न नसक्द गठबन्धनकै नेताहरुले आलोचना गर्न सुरु गरिसकेका छन् ।

    आजको बैठकमा काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वका कार्यदलको बैठकमा काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधि सहभागी छन् ।

    सरकारमा सहभागी हुन दलका नेताहरुले मन्त्रीहरुको नाम पठाउन सुरु गरेका छन् । माधवाकुमार नेपाल  नेतृत्वको एकीकृत समाजवादी पार्टीले मन्त्रीको टुंगो लगाइसकेको छ । अन्य राजनीतिक दलहरुले पनि मन्त्री छान्ने गृहकार्य गरेका छन् । केही दिनमा नै मन्त्रिपरिषद विस्तार हुने बताइएको छ ।

    प्रकाशित मिति :आश्विन १७ २०७८ आइतवार - ११:४४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij