Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

पार्टी फुटाउने योजनाकार नै नेपाल रहेको भन्दै ओलीले गरे बादलसहित १० भाइको प्रशंसा

पार्टी फुटाउने योजनाकार नै नेपाल रहेको भन्दै ओलीले गरे बादलसहित १० भाइको प्रशंसा


  • 4.5K
    Shares

    पार्टी फुटाउने योजनाकार नै नेपाल रहेको भन्दै ओलीले गरे बादलसहित १० भाइको प्रशंसा
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप लगाएका छन् ।

    अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने माधव नेपालको योजनामा साथ नदिएर एकताको पक्षमा उभिएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरूले स्वागत योग्य काम गरेको टिप्पणी समेत गरे ।

    पार्टीको जारी विधान महाधिवेशनमा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘पार्टी एकता जोगाउनका लागि प्रदर्शित अधिकतम लचकताका बावजुद हर हालतमा पार्टी विभाजन गरी छाड्ने माधव नेपालको योजना स्पष्ट भएपछि पार्टीभित्रको अन्तरसंघर्षमा साथमा रहनुभएका अधिकांश कमरेडहरू त्यसलाई अस्वीकार गरेर एकताको पक्षमा उभिनुभएको छ । यो स्वागतयोग्य निर्णय हो ।’

    अध्यक्ष ओलीले पार्टीको एकतालाई जोगाउनका लागि माओवादी केन्द्र पृष्ठभूमि भएका रामबहादुर थापालगायतका नेताहरूले सकारात्मक योगदान पुर्‍याएको पनि स्पष्ट पारे ।

    उनले नेकपा एमालेलाई विभाजन गराउन र माधव नेपालहरूलाई वैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको भूमिका समेत सहयोगी भएको आरोप लगाए । उनले त्यस्ता खालका गतिविधिको आफ्नो पार्टीले कानूनसम्मत ढंगले प्रतिवाद गर्ने चेतावनी दिए ।

    अध्यक्ष ओलीले भने, ‘नेकपा एमालेलाई विभाजन गराउन र उनीहरूलाई वैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको समेत सहयोगी भूमिका रहेको छ, जसलाई हामीले कानूनसम्मत प्रतिवाद गर्नेछौं ।’

    प्रकाशित मिति :आश्विन १५ २०७८ शुक्रवार - १६:२१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij