Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

यस्तो रहेछ प्रतिनिधिसभा विघटन गर्नुको रहस्य (पूर्ण पाठसहित)

यस्तो रहेछ प्रतिनिधिसभा विघटन गर्नुको रहस्य (पूर्ण पाठसहित)


  • 7.0K
    Shares

    यस्तो रहेछ प्रतिनिधिसभा विघटन गर्नुको रहस्य (पूर्ण पाठसहित)
    images

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा महाधिवेशनका लागि चार महिना पनि नकुरेर घेराबन्दी, जोडघटाउ तथा षडयन्त्रका बलमा नेतृत्व हत्याउने पुष्पकमल दाहालको प्रयासलाई आफूले विफल तुल्याइदिएको  दाबी गरेका छन्।

    एमालेको विधान महाधिवेशनमा ओलीले सार्वजनिक गरेको राजनीतिक प्रतिवेदनमा यस्तो दाबी गरिएको छ। ओलीले भनेका छन्, ‘अध्यक्ष लगायत अन्य कमरेडहरुबाट अभियोगपत्र फिर्ता गराएर पार्टीमा सहज वातावरण निर्माण गर्न अन्तिमसम्म प्रयत्न गरियो। प्रतिनिधिसभा विघटनको अघिल्लो दिन (पुस ४ गते) प्रचण्ड निवासमै पुगेर पनि पार्टी एकता जोगाउन आग्रह गरियो। तर पार्टीको मूल नेतृत्वलाई अपमानपूर्वक पदच्यूत गरेर पार्टी कब्जा गर्ने र देशी विदेशी प्रतिक्रियावादीहरुको इच्छापूर्ति गर्न वचनबद्ध नेताहरु सहमत भएनन्।’

    यस्ता गतिविधिका कारण संसद अस्थिरताको थलो बन्ने, नीतिहीन गठबन्धन बन्ने, सरकार बनाउने र विघटनको केन्द्र मात्रै बन्ने स्थिति उत्पन्न हुने देखेर वाध्यात्मक परिस्थितिका बीच २०७७ साल पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको उनको दाबी छ। उनले त्यसपछि अराजकता उत्कर्ष पुगेको बताएका छन्।

    विधान महाधिवेशन उद्घाटन सत्रमा अध्यक्ष ओलीले स्वास्थ्य समस्याका कारण आफ्नो सम्बोधन भाषण पूरा गर्न सकेनन्।  सम्बोधन भाषणकै क्रममा असजिलो महसुस गरेपछि उनले आफूलाई रुघाखोकीको समस्या रहेको भन्दै शंकर पोखरेललाई आफ्नो लिखित भाषण पढ्ने जिम्मा सुम्पिएका थिए।  लगत्तै ओली आफ्नो आसनमा गएर बसेका छन् भने पोखरेलले ओलीका तर्फबाट लिखित भाषण बाचन गरेका थिए।

    प्रकाशित मिति :आश्विन १५ २०७८ शुक्रवार - १५:५२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij