Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

एमालेको विधान महाधिवेशन शुरु : उपमहासचिव पद नै हटाइने, ६ सचिवको प्रस्ताव

एमालेको विधान महाधिवेशन शुरु : उपमहासचिव पद नै हटाइने, ६ सचिवको प्रस्ताव


  • 5.5K
    Shares

    एमालेको विधान महाधिवेशन शुरु : उपमहासचिव पद नै हटाइने, ६ सचिवको प्रस्ताव
    images

    काठमाडौं । काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुरु भएको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा विधान महाधिवेशन शुरु भएको हो ।

    महाधिवेशन उद्घाटन समारोहको हलको मुख्य मञ्चमा विगतमा जस्तो पुराना कम्युनिष्ट नेताहरुको तस्वीर राखिएको छैन । एमालेले आफ्ना कार्यक्रमहरुमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, एमाले महासचिव मदन भण्डारी र प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको ठूला तस्वीर राख्ने गर्दथ्यो ।

    विधान महाधिवेशनको हलको मुख्य मञ्चमा यी तस्वीर राखिएको छैन । बीचमा चुनाव चिह्न सूर्य छ भने दायाँ–बायाँ नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।

    नेकपा एमालेमा पदाधिकारीको संख्या १३ बनाउन प्रस्ताव गरिएको छ। पार्टीको शुक्रबारदेखि सुरु विधान महाधिवेशनमा प्रस्तुत गरिएको पार्टीको विधान संशोधन प्रस्तावमा उपाध्यक्षको संख्या ५ र सचिवको संख्या ६ बनाउने प्रस्ताव गरिएको हो।

    प्रस्तावित विधानमा उपमहासचिवको व्यवस्था हटाइएको छ। प्रस्तावित संशोधन प्रस्ताव अनुसार अध्यक्ष-१, उपाध्यक्ष-५, महासचिव-१, सचिव-६ र केन्द्रीय सदस्य-२१२ गरी समग्रमा २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरिएको छ।

    यसअघि एमालेमा अध्यक्ष-१, उपाध्यक्ष-५, महासचिव-१, उपमहासचिव-२, सचिव-५ गरी १४ जना पदाधिकारी रहने व्यवस्था थियो। त्यस्तै, वरिष्ठ नेताको पनि व्यवस्था थियो।

     

    प्रकाशित मिति :आश्विन १५ २०७८ शुक्रवार - १३:४९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij