Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

ओली सँग किन खुसी छैनन् प्रभु साह, माओवादीमा नै फर्किने उनको मूड

ओली सँग किन खुसी छैनन् प्रभु साह, माओवादीमा नै फर्किने उनको मूड


  • 4.9K
    Shares

    ओली सँग किन खुसी छैनन् प्रभु साह, माओवादीमा नै फर्किने उनको मूड
    images

    काठमाडौँ । एमालेमा लागेका पूर्वमाओवादी नेताहरु पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सन्तुष्ट देखिएका छैनन् । केही नेताहरु ओलीसँग विलय भएका छन् भने केही नेताहरु भने एमालेसँग नै अन्तरसंघर्ष गर्ने तयारीमा देखिएका छन् ।

    यतिबेला माओवादीबाट एमाले प्रवेश गरेका लेखराज भट्ट र रामबहादुर थापा बादल पूर्णरुपमा नै एमालेमा लागेका छन् तर प्रभु शाह, मणि थापा टोपबहादुर रायमाझीलगायतका नेताहरु भने ओलीसंग खासै सन्तुष्ट देखिएका छैनन् ।

    एमालेमा आएर पनि असन्तुष्ट रहेका नेताहरु फेरी माओवादीमा नै फर्किने चर्चा चल्न थालेको पनि छ । पछिल्लो समय उनीहरुको सार्वजनिक अभिव्यक्तिले पनि त्यस्तो बनाएको छ ।

    एमालेमा आएका नेताहरु पदका कारण विचलित हुने अवस्था देखिन थालेको छ । एमालेमा आफूहरुले भनेको अनुसार भएन भने उनीहरु एमाले छोड्न सक्ने स्रोत बताउँछ ।

    पछिल्लो समय प्रभु शाह ओलीसँग सन्तुष्ट रहेका छैनन् । उनले एमालेमा आफ्ना छुट्टै मागहरु प्रस्तुत गर्न खोजिरहेका छन् तर त्यसका लागि ओली भने तयार देखिएका छैनन् ।

    एमाले विधान महाधिवेशनको अन्तिम तयारीमा पुगेका बेला साहले भने विधान महाधिवेशन रोकेर माओवादी  समेत समेटेर एकता महाधिवेशन गर्नुपर्ने तर्क अघि सारेका छन् । त्यही तर्कका आधारमा ८ वटा  माग राखेका हुन् । त्यसको खास मक्सद चाहिं एमालेका स्थायी कमिटी सदस्यको बार्गेनिङ रहेको बताइएको छ ।

    प्रकाशित मिति :आश्विन १५ २०७८ शुक्रवार - १३:३७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij