२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ ।
समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईका अनुसार धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको जानकारी दिए ।
समितिका अनुसार नेपालमा भने असोज २९ गते बिहान १०:२ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत छ । भारतको देहलीमा १५ अक्टोबरको दिन बिहान ९:५ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको छ ।
अमेरिकाको न्यूयोर्क, केन्टुकी, टेक्सास र क्यालिफोर्नियामा बसोबास गर्दै आएकाहरुका लागि १५ अक्टोबरको दिन अलग–अलग साइत जुराइएको छ ।
न्यूयोर्कमा बिहान ९:२१ मिनेटमा, केन्टुकीमा बिहान ८:४५ मिनेटमा, टेक्सासमा ८:१५ मिनेटमा र क्यालिफोर्नियामा बिहान ७:१५ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij