Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

प्रदेश २ : मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा हान्यो, विपक्षीले मागे राउतको राजीनामा

प्रदेश २ : मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा हान्यो, विपक्षीले मागे राउतको राजीनामा


  • 4.0K
    Shares

    प्रदेश २ : मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा हान्यो, विपक्षीले मागे राउतको राजीनामा
    images

    प्रदेश २ मा विपक्षी दलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् । हिजो बिहिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि उनीहरुले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका छन् ।

    विपक्षी दलहरुले अख्तियारले प्रदेश सरकारको ‘बेटी बचाउ बेटी पढाउ’ अभियान अन्तर्गत खरिद गरिएको साइकलमा व्यापक अनियमितता भएको भन्दै मुख्यमन्त्रीको कार्यालयमै छापा मारेपछि पदमा रहिरहन नमिल्ने भन्दै राजीनामा माग गरेका हुन् ।

     राउतले भने अख्तियारको छापाप्रति कडा आलोचना गरेका छन्। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता गरेको आरोपमा छापा मारेपछि उनले आपत्ति  जनाएका हुन् ।

    उक्त प्रदेशमा सञ्चालित "मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ" कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत छात्राहरूलाई वितरण गर्न भनेर किनिएको साइकलको खरिदमा अनियमितताको शङ्का गर्दै अख्तियारले छापा मारेको थियो ।

    अख्तियारका अधिकारीहरूले मुख्यमन्त्री कार्यालयबाट उक्त योजना सम्बन्धी कागजातहरू आफ्नो नियन्त्रणमा लिएका छन्।

    उनले त्यसलाई "प्रदेश सरकारलाई बदनाम गर्ने षड्यन्त्र" को आरोप समेत लगाएका छन् ।

    अख्तियारको टोली फर्केलगतै मुख्यमन्त्री राउतले पत्रकार सम्मेलन गरेर "अख्तियारको कारबाही प्रदेश सरकारलाई बदनाम गर्ने उद्देश्यले प्रेरित रहेको" बताए ।

     

    प्रकाशित मिति :आश्विन १५ २०७८ शुक्रवार - १२:५८:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij