२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । चार जना पूर्वप्रधानन्यायाधीशको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले आफ्नै इजलासमा तोकेका छन् ।
अधिवक्ता लोचन भट्टराईले चार जना पूर्व प्रधानन्यायााधीशहरुविरुद्ध दायर गरेको निवेदन प्रधानन्यायाधीश राणाले आफू र न्यायाधीश सपना प्रधान मल्लको इजलासमा पेसी राखेका हुन् ।
पहिलो प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक भएको दाबी गर्दै विज्ञप्ति जारी गरेका आधारमा पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij