Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

एमालेको विधान महाधिवेशनको तयारी पूरा, को को छन् प्रतिनिधि ? (विज्ञप्तिसहित)

एमालेको विधान महाधिवेशनको तयारी पूरा, को को छन् प्रतिनिधि ? (विज्ञप्तिसहित)


  • 5.4K
    Shares

    एमालेको विधान महाधिवेशनको तयारी पूरा, को को छन् प्रतिनिधि ? (विज्ञप्तिसहित)
    images

    काठमाडौं । नेकपा एमालेको भोली शुक्रबारदेखि सुरु हुने विधान महाधिवेशनको तयारी पुरा भएको छ । एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले बिहीबार पत्रकार सम्मेलन गरी विधान महाधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो। शुक्रबार दिउँसो १२:१५ बजे महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

    उद्घाटन सत्रपछि तीनवटा प्रस्ताव पेश गरिने र दोस्रो दिन १६ गते समूहगत छलफल हुनेछन् । प्रथम विधान महाधिवेशन असोज १५, १६ र १७ गते ललितपुरको गोदावरीमा हुँदैछ । स्थायी कमिटी सदस्य रामबहादुर थापा ुबादलु को संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । जसको सदस्यमा शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश वस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशिला नेपाल र पासाङ शेर्पा सदस्यका रुपमा रहेका छन् ।

    उद्घाटन सत्रपछि महाधिवेशनको वन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव कमरेड ईश्वर पोखरेलबाट संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ ।

    महाधिवेशनको दोस्रो दिन असोज १६ गते समूह छलफल र समूह नेताबाट सुझावहरुको प्रस्तुति गरिनेछ । तेस्रो दिन असोज १७ गते दस्तावेज समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयहरुलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ ।

    विधान महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसद, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसंगठन र पेशागत संगठनबाट चुनिएका प्रतिनिधि, भारत लगायत प्रवासका संघ संगठनहरुबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधान वमोजिम मनोनित सदस्यहरु प्रतिनिधिका रुपमा रहनेछन् ।

    uml1_bkOPrOMmy3_20210930101857.jpg

    uml2_Xqt5PXQelp_20210930101857.jpg

    प्रकाशित मिति :आश्विन १४ २०७८ बिहिवार - १६:१९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij