Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध कायमै, मंगलवारसम्मका लागि बैठक स्थगित

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध कायमै, मंगलवारसम्मका लागि बैठक स्थगित


  • 4.2K
    Shares

    प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध कायमै, मंगलवारसम्मका लागि बैठक स्थगित
    images

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच सुरु भएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको हो ।

    सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरुले बेल घेराउ गरेर नाराबाजी सुरु गरेका थिए ।

    सभामुख अग्नि प्रसाद सापकोटाले पटकपटक नारावाजी नगर्न र संसद बैठकलाई सहज तरिकाले चलाउन भुमिका खेल्न आग्रह गरेपनि एमाले सांसदले अटेर गरेर नारावाजी गरेपछि सभामुख सापकोटाले बैठकको कार्यसूची अनुसार राष्ट्रपतिको कार्यालयबाट आएको अध्यादेश खारेजी र विधेयकहरुप्रमाणिकरण सम्बन्धि पत्रहरु पढेर सुनाए ।

    एमालेको नाराबाजीकै बीचमा प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको प्रतिवेदन पेश गरे ।

    सो प्रतिवेदन पेशपछि सभामुख सापकोटाले आगामी मंगलबारसम्मका लागि बैठक स्थगित गरे । यससँगै बैठक १९ गते मंगलवार दिनको १ बजेसम्मका लागि स्थगित भएको छ ।

    प्रकाशित मिति :आश्विन १४ २०७८ बिहिवार - १३:४७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij