Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन आजदेखि, कसले गर्दैछ उदघाटन ?

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन आजदेखि, कसले गर्दैछ उदघाटन ?


  • 4.4K
    Shares

    अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन आजदेखि, कसले गर्दैछ उदघाटन ?
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु हुँदैछ ।

    सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रज्ञा भवन कमलादीमा मध्यान्ह १२ बजे गर्ने कार्यक्रम रहेको छ । सम्मेलन नयाँ नेतृत्व चयन गर्दै भदौ १६ गते सकिनेछ । 

    अखिलको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेत र पन्चासिंह मुख्य दौडमा छन् । यस्तै, हालसम्म महासचिव उत्तम अधिकारीसहित तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम पनि अध्यक्षको आकांक्षी देखिएका छन् ।

    अखिलका अनुसार सम्मेलनका लागि देशभरबाट ७९९ प्रतिनिधि सहभागी हुनेछन् । यसअघिका सम्मेलनमा २२ सयको हाराहारीका प्रतिनिधिहरुको सहभागिता हुने भए पनि कोरोना महामारीलगायतका कारणले यसअघि थोरै प्रतिनिधिको सहभागिता हुन लागेको हो ।

    राष्ट्रिय सम्मेलनको तयारीस्वरुप यसअघि नै जिल्ला, क्याम्पस समिति लगायतको अधिवेशन सम्पन्न भइसकेको छ भने सम्मेलनको सबै तयारी पूरा भइसकेको छ। 

    सम्मेलनको नारा ‘शिक्षा, स्वास्थ्य रोजगारीको ग्यारेन्टीको लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन’ भन्ने तय गरिएको छ । उद्घाटनपछि महाधिवेशनको बन्दसत्र कीर्तिपुरमा हुनेछ ।

    प्रकाशित मिति :आश्विन १४ २०७८ बिहिवार - ११:२१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij