Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

बालुवाटारमा सर्वदलीय बैठक शुरू : एमाले अनुपस्थित, को–को पुगे ?

बालुवाटारमा सर्वदलीय बैठक शुरू : एमाले अनुपस्थित, को–को पुगे ?


  • 3.3K
    Shares

    बालुवाटारमा सर्वदलीय बैठक शुरू : एमाले अनुपस्थित, को–को पुगे ?
    images

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सर्वदलीय बैठक शुरू भएको छ । संघीय संसदमा जारी अवरोध अन्त्यका लागि देउवाले सर्वदलीय बैठक आह्वान गरे पनि नेकपा एमाले भने सहभागी नभएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

    बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा ९माओवादी केन्द्र०बाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

    नेकपा ९एकीकृत समाजवादी०का महासचिव बेदुराम भुसाल र उपाध्यक्ष राजेन्द्र पाण्डे, जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, जनमोर्चाका दुर्गा पौडेल र नेमकिपका नेता प्रेम सुवाललगायत सहभागी छन् ।

    बैठकमा संसदमा भएका सबै दललाई डाकिएको थियो । तर आफूहरुले दल नमानेको नेकपा एकीकृत समाजवादी पनि बैठकमा सहभागी भएपछि एमालले बैठक वहिष्कार गरेको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

    यसअघि संसद् अवरोध रोक्न सभामुखले बोलाएको सर्वदलीय बैठक पनि एमालले वहिष्कार गरेको थियो ।

    आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालले संसदको चालु अधिवेशनमा अवरोध गर्दै आएपछि प्रधानमन्त्री देउवाले विपक्षी दललाई विश्वासमा लिने कोसिस गरेका हुन् । तर एमाले बैठकमा सहभागी नभएपछि उनको प्रयास विफल भएको छ ।

    प्रकाशित मिति :आश्विन १४ २०७८ बिहिवार - ११:०९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij