२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ ।श्रीकृष्ण प्रणामी युवा परिषद्को १३ औं महाधिवेशनबाट जगदिश चन्द्र शर्मा अध्यक्ष चुनिनुभएको छ । काठमाडौँ स्थित गोठाटार नवतन् धामको प्राङ्गणमा सम्पन्न अधिवेशनबाट अध्यक्ष शर्मा निर्विरोध निर्वाचित हुनुभएको हो ।
महाधिवेशनले उपाध्यक्षमा प्रमोद वाग्ले, कौशल फुयाल, टंक प्रसाद ओझा, यदु बगाले, महासचिवमा सुजन सुवेदी, कोषाध्यक्षमा कमल कृष्ण केसी, उपमहासचिवमा अनिल कोइराला, कृष्ण कुमारी फुयाल,सुवास रिजाल, सहकोषाध्यक्षमा उमेश प्रधान सहित १३ जना कार्यसमिति सदस्यहरु समेत चयन गरेको छ ।
अध्यक्षमा निर्वाचित भएपछि कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले आफ्नो कार्यकालभर आफ्नो कमिटीले निरन्तर रुपमा कडाइका साथ नियम र विधान पालना अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘१३ औं राष्ट्रिय महाधिवेशनले प्रेमको भावनाबाट एकता र भाइचाराको सन्देश दिनेछ’ – उहाँको कथन थियो ।
२०४७ साल माघ १८ गतेका दिन श्री कृष्ण प्रणामी युवा परिषद् नेपालको स्थापना भए सँगै दुव्र्यशन त्यागौं, वातवारण सफा राखौ, सेवामुखी बनौ, आत्मा र परमात्मालाई चिनाऔं, निरामिक्स भोजना सेवन गरौ र साहकारी बनौं भन्ने पाँच कुरालाइ आत्मसात् गर्दै संस्थाले आफ्नो १३औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको हो ।
सोही अवसरमा एभिन्यूज टेलिभिजनकर्मीलाई सम्मान गरिएको थियो । श्री कृष्ण प्रणामी युवा परिषद नेपालले एभिन्यूज खबरको कोरोना कहर एभिन्यूजको पहल कार्यक्रम मार्फत कोभिड–१९ को दोस्रो लकडाउन र निशेषधाज्ञाको बेला हजारौं परिवारको निभेको चुलो बाल्ने अभियानमा योगदान पुर्याएको भन्दै १३ औं राष्ट्रिय महाधिवेशनको अवसरमा एभिन्यूजकर्मी सुशिल पाण्डे र नरेन्द्र खनाललाई सम्मान गरेको हो ।
यस्तै आफ्नो १३ औं राष्ट्रिउ महाधिवेशनको समय पारेर श्री कृष्ण प्रणामी युवा परिषदले पशु हक अधिकार सम्बन्धी कानुनी व्यवस्था सम्बन्धी कितावको विमोचन गरेको छ । श्री कृष्ण प्रणामी युवा परिषद् नेपालको निवर्तमान केन्द्रीय अध्यक्ष नमराज ढकालको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठान कुलपति तथा अध्यक्ष श्री गंगाराज उप्रेती लगायत देशभरि छरिएर रहेका हिमाल, पहाड, तराईबाट ५०० जना भन्दा बढी प्रतिनिधिहरुको उपस्थित रहेको थियो । श्री कृष्ण प्रणामी युवा परिषद् नेपालको निहत्था पशुपंक्षीको हत्या गरी बलीदिने जस्तो कुप्रथा अन्त्य गर्ने हेतुले यस्ता विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
सोही कार्यक्रममा निवर्तमान अध्यक्ष ढकालले सभापतिको आसनबाट धन्यवाद मन्तव्य दिनुभएको थियो । अध्यक्षको आसनबाट बोल्दै उहाँले देशमा युवाहरुको सीप क्षमता विकासलाई देशमै सदुपयोग गरी सूचना र प्रविधिमैत्री बनाउने बताउनुभयो । उहाँले सबै युवाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने र देशभित्रै व्यवसायीमय बनाउनुका साथै विभिन्न किसिमका कुलतबाट टाढा रही समाजसेवाप्रति गहिरो ढङ्गले लाग्न आग्रह गर्नुभयो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij