Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बैंकहरुले घोषणा गर्न थाले लाभांश , कुन बैंकका सेयरधनीले कति पाउने ?

बैंकहरुले घोषणा गर्न थाले लाभांश , कुन बैंकका सेयरधनीले कति पाउने ?


  • 19.6K
    Shares

    बैंकहरुले घोषणा गर्न थाले लाभांश , कुन बैंकका सेयरधनीले कति पाउने ?

    बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७/०७८ को आम्दानी रकम वितरणको घोषणा गर्नथालेका छन्।  

    बैंकहरुले घोषणा गरेर मात्रै पनि सेयर लगानीकर्तालाई वितरण हुँदैन। त्यसको लागि राष्ट्र बैंकले स्वीकार गनुपर्ने हुन्छ। त्यस्तै स्वयं बैंकको साधारणसभाले समेत पारित गर्नुपर्ने हुन्छ।

    हालसम्म चारवटा वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन्। 

    कुमारी बैंक
    कुमारी बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट बैंकले ६ प्रतिशत बोनस सेयर र २६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। बैंककोे सञ्चालक समितिको बैंकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

    सिटिजन्स बैंक
    सिटिजन्स बैंकले आफ्ना लगानीकर्ताहरुलाई १६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। बैंकका लगानीकर्ताले १२ दशमलव ९१ प्रतिशत बोनस सेयर र ३ दशमलव ०८ प्रतिशत नगद लाभांश पाउने भएका हुन्।  

    सानिमा बैंक
    सानिमा बैंकले१७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर र ० दशमलव ८९ प्रतिशत नगद बाँड्नलागेको हो। 

    माछापुच्छ्रे बैंक 
    माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। १३ दशमलव ३ प्रतिशत बोनस सेयर र ० दशमलव ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।

    प्रकाशित मिति :आश्विन १३ २०७८ बुधवार - २०:२५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij