Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा पेशी चढ्यो

सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा पेशी चढ्यो


  • 2.9K
    Shares

    सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा पेशी चढ्यो
    images

    काठमाडौ । काभ्रेका अर्जुन लामाको हत्या अभियोगमा प्रतिवादी बनाइएका सभामुख अग्निप्रसाद सापकोटाको मुद्दा आज संवैधानिक इजलासमा पेशी तोकिएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहित ५ जनाको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको हो। 

    २०६२ वैशाख १६ गते तत्कालीन विद्रोही माओवादीका कार्यकर्ताले अर्जुन लामाको अपहरण गरी हत्या गरेका थिए ।

    उक्त घटनामा हालका सभामुख सापकोटासहित पूर्व सहायक ऊर्जा मन्त्री सूर्यमान दोङ लगायतको प्रत्यक्ष संलग्नता रहेको भन्दै मृतक लामाकी श्रीमती पूर्णीमायाले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । 

    प्रकाशित मिति :आश्विन १३ २०७८ बुधवार - १२:३०:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij