२०८२ भाद्र २ गते सोमवार
हाल बैंकमा निक्षेप जम्मा भईरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबिले उच्च ब्याज प्रदान गर्दै आइरहेकोे छ । नयाँ योजना अन्तर्गत बैंकले सर्वसाधारण ग्राहकलाई मुद्धतीमा ९.५२प्रतिशत बार्षिक ब्याजदर (०.५ प्रतिशत प्रिमियम सहित) प्रदान गर्नेछ ।
एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडीयो केवाईसी (VKYC), एक भिडियो कलमा आधारित प्रविधि मार्फत ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सक्नेछन् । VKYC मार्फत ग्राहकहरुले अनलाईन खाताको शुरु देखी अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्नेछन् ।
ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् ।
VKYC को लागी डिजिटल लिन्क यस प्रकार रहेको छः 5M https://vcc.nmb.com.np बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij