२०८२ भाद्र २ गते सोमवार
सन्राइज बैंकको १४औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्ने क्रममा बैंकले आज जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ ।
कोभिड १९ ले शैक्षिक संस्थाहरु पूर्णरुपले संचालन गर्न नसकिएको हालको अवस्थामा केही निजी विद्यालयहरुले डिजिटल कक्षाहरु संचालन गर्दै आएका छन् तर सरकारी विद्यालयहरुमा भने डिजिटल कक्षाहरु संचालन गर्न प्रयाप्त सोत्र, साधान र प्रविधिको अभाव रहेको छ । यसैकुरालाई मध्यनजर गदै सन्राइज बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कूल अन्तर्गतको संस्कृत माध्यमिक विद्यालयलका शिक्षकहरुका लागी ल्यापटप खरिद गरी आवश्यक तालिम संचालन गर्न जोन्ता क्लब काठमाडौलाई दुई लाख रुपैंया सहयोग गरेको छ ।
सन्राइज बैंकले यस अघि पनि दरबार हाई स्कूल अन्तर्गतको भानु मा.वि.का विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाडौलाई तीन लाख रुपैंया सहयोग गरेको थियो ।
मंगलबार दरबार हाई स्कूल, रानी पोखरीमा भएको एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्माले सस्ंकृत माध्यमिक विद्यालयलका प्रधानअध्यापक श्री शिव राज अधिकारीको उपस्थितीमा जोन्ता क्लब काठमाडौंका अध्यक्ष श्रीमती सीमा गोल्छालाई चेक हस्तान्तरण गर्नु भएको थियो ।
सन्राइज बैंकले परिमार्जित प्रविधिलाई अवलम्बन गर्दै “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अगाडी बढाउँदै आएको र यसै अनुरुप देश विकासको अपरिहार्य शिक्षामा पनि डिजिटल गर्ने उद्देश्यका साथ बैकले उक्त सहयोग गरेको बैकका प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्माले बताउनु भयो । जोन्ता क्लब काठमाडौंका अध्यक्ष श्रीमती सीमा गोल्छाले बैंकले डिजिटल शिक्षालाई प्राथमिकता दिई सो सहयोगले सरकारी विद्यालय, शिक्षक र विद्यार्थीहरुलाई धेरै प्रोत्साहन मिल्ने बताउनु भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij