२०८२ मंसिर १२ गते शुक्रवार
मोरङमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । आँमबारी-उर्लाबारी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका-८ आँमडाडामा ट्याक्टर र मोटरसाईकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको हो ।
मे १ त ४४८७ नम्बरको ट्रयाक्टर र विपरीत दिशाबाट आउँदै गरेको प्र-३-०२-००२ प ४५८७ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा सोही स्थानका २७ वर्षीय विवेक पोखरेल र पछाडि सवार २८ वर्षीय यादव पाठक घाइते भएका थिए ।
घाइतेमध्येका यादव पाठकको उपचारका क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालक रतुवामाई नगरपालिका-२ का ३२ वर्षीय गणेश पासवान ईलाका प्रहरी कार्यालय सिजुवाको नियन्त्रणमा रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij