Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

जन्डिस बल्झिएपछि वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लैजाने तयारी

जन्डिस बल्झिएपछि वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लैजाने तयारी


  • 4.4K
    Shares

    जन्डिस बल्झिएपछि वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लैजाने तयारी
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’लाई उपचारका लागि थाइल्याण्ड लाने तयारी गरिएको छ।

    सुमेरु अस्पतालमा उपचारत पुनको स्वास्थ्यमा कुनै सुधार नभएपछि थाइल्याण्ड लाने तयारी गरिएको माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए। पुनलाई पुरानै रोग जन्डिस बल्झिएपछि उपचारका लागि विदेश लैजान लागिएको हो।

    सुमेरु अस्पतालमा उपचार गराइरहेका पुनलाई बुधबार बिहान बैंककस्थित समितिभेज अस्पतालमा लैजान लागिएको पुन निकट स्रोतले बतायो।

    पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको बताइएको छ। ४ वर्षअघि पनि पुनलाई यस्तै समस्या देखिएको हो। त्यो बेलामा समेत पुनले बैंककमा उपचार गराएका थिए।

    प्रकाशित मिति :आश्विन १२ २०७८ मंगलवार - १२:५५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij