Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

यस्तो छ प्रधानमन्त्री देउवाको आजको कार्यतालिका 

यस्तो छ प्रधानमन्त्री देउवाको आजको कार्यतालिका 


  • 5.2K
    Shares

    यस्तो छ प्रधानमन्त्री देउवाको आजको कार्यतालिका 
    images

    काठमाडौं । प्रधानमन्त्री शेरबादुर देउवा आज बजेट पास गर्ने कार्यसूची रहेकाले संसदको बैठकमा जाने भएका छन् । प्रधानमन्त्री देउवा बजेट सम्बन्धी सबै विधेयक पारित हुने भएपछि संसदको बैठकमा उपस्थित हुन लागेका हुन् । 

    त्यसपछि प्रधानमन्त्री देउवा अपरान्ह ३ बजे पर्वतारोहण संघको नवनिर्मित भवनको उद्घाटन गर्न नक्साल पुग्नेछन् । नक्सालस्थित नाग पोखरी नजिक रहेको संघको भवन उद्घाटन पछि प्रधानमन्त्री देउवा बालुवाटार पुग्नेछन् । प्रधानमन्त्री देउवाले अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक राखेका छन् ।

    मन्त्रिपरिषद बैठकमा माधवकुमार नेपाल र महन्थ ठाकुरको समूह दलविहिन भएपछि उनीहरुलाई दलीय हैसियत दिनका लागि ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजी गर्ने कार्यसूची छ । त्यसबाहेक मन्त्रिपरिषद बैठकले बजेट पारित भइसकेकाले संसदको अधिवेशन अन्त्य गर्नसक्ने बालुवाटार स्रोतको दाबी छ ।

    यस्तै धितोपत्र बोर्डका अध्यक्ष भिष्मनाथ ढुंगानाका विषयमा छानविन समितिको प्रतिवेदन आइसकेकाले आजै ढुंगानाको बरखास्ती पनि हुनसक्ने बालुवाटार स्रोतको दाबी छ ।

    प्रकाशित मिति :आश्विन ११ २०७८ सोमवार - १३:२०:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij