Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

एमाले स्थायी कमिटी बैठक सुरु, १० बुँदे सहमति कार्यान्वयनबारे छलफल हुँदै 

एमाले स्थायी कमिटी बैठक सुरु, १० बुँदे सहमति कार्यान्वयनबारे छलफल हुँदै 


  • 4.0K
    Shares

    एमाले स्थायी कमिटी बैठक सुरु, १० बुँदे सहमति कार्यान्वयनबारे छलफल हुँदै 
    images

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा सुरु भएको हो । 
     
    बैठकमा पार्टीका उपाध्यक्ष सात जना बनाउनुपर्ने केन्द्रीय कमिटीका सदस्यहरुको मागमाथि छलफल हुने बताइएको छ ।

    आइतबार सम्पन्न केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष थप्ने प्रस्ताव सकारात्मक रहेको भन्दै  त्यसबारेमा स्थायी कमिटीमा छलफल गर्ने र विधान महाधिवेशनमा पुग्दा निर्णयमा पुग्ने बताएका थिए । 

    बैठकमा १० बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावलसहितका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै आपत्ति जनाएका थिए । 

    बैठकमा असोज १५–१७ गतेसम्मका लागि निर्धारित विधान महाधिवेशनको विषयमा पनि छलफल हुने छ ।

    प्रकाशित मिति :आश्विन ११ २०७८ सोमवार - १३:१३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij