२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । प्रमुुख प्रतिपक्षी दल एमालेले सोमबार पनि अवरोध कायमै राखेको छ । एमालेको अवरोधबीच ‘आर्थिक विधेयक, २०७८’ पारित भएको छ ।
एमालेको अवरोध कायम रहेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई ‘आर्थिक विधेयक, २०७८’माथि दफावार छलफलका लागि प्रस्ताव गर्न अनुमति दिएका थिए । मन्त्री शर्माले प्रस्ताव प्रस्तुत गरेपछि दफावार छलफलका लागि अगाडि बढाएका थिए ।
छलफलमा कुनै सांसदले सहभागिता नाम नटिपाएपछि छलफल टुंगिएको घोषणा अध्यक्ष तिमिल्सिनाले गरेका थिए । र, आर्थिक विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । विधेयक बहुमतका आधारमा पारित भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij