Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

देशभर २४ घण्टामा थपिए ६१३ कोरोना संक्रमित, २३३ महिला र ३८० पुरुष

देशभर २४ घण्टामा थपिए ६१३ कोरोना संक्रमित, २३३ महिला र ३८० पुरुष


  • 6.2K
    Shares

    देशभर २४ घण्टामा थपिए ६१३ कोरोना संक्रमित, २३३ महिला र ३८० पुरुष

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६१३  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५१० जनाको पीसीआर परीक्षणा गर्दा  सो संख्यामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा संक्रमण पुष्टि भएकामध्ये २३३ जना महिला र ३८० पुरुष रहेका छन् ।

    पछिल्लो २४ घण्टामा थप ७३९  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४७ हजार ४०० पुगेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८०८ पुगेको छ ।

    प्रकाशित मिति :पौष ९ २०७७ बिहिवार - १६:१२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij