२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्वारा निमार्ण गरिएको ‘परदेशीको कर्म’ नामक म्यूजिक भिडियो विमोचन गरिएको छ ।
कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सीता न्यौपाने पाठक, वरिष्ठ कर्पोरेट सेफ कुमार चालिसे लगायतले संयुक्त रूपमा गीत विमोचन गरेका हुन् ।
गायक विनोद दनुवारले स्वर दिएको गीतको भिडियोमा फोटोपत्रकार प्रदीपराज वन्त र मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसीको अभिनय रहेको छ । गीतको श्रव्य-दृश्य सामग्री (भिडियो)मा नवीनबाबु गरुङको निर्देशन तथा छायाङ्कन रहेको छ । रेजिना तुलाधरले सहायक निर्देशकका रूपमा काम गरेकी छिन् । भिडियोको सम्पादन नवीन निरौलाले गरेका हुन् ।
गीत सार्वजनिक कार्यक्रममा सिजन मिडियाद्वारा लकडाउनमा आयोजना गरिएको मिसेस नेपाल लकडाउन ट्यालेन्टहन्टका विजेताहरूलाई ताज लगाउनुका साथै पुरस्कार वितरण पनि गरिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij