२०८२ मंसिर १२ गते शुक्रवार
काठमाण्डौ । संवैधानिक इजलास गठनका विषयमा दायर भएको रिटको सुनुवाई न्यायाधीश हरि फुँयालको इजलासमा परेको छ ।
प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलास गठन गर्ने वा नगर्ने भन्ने विषयमा दायर गरेको रिटको सुनुवाई न्यायाधीश फुँयालको इजलासमा परेको हो ।
संवैधानिक परिषदले गरेका संवैधानिक नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाईमा प्रधानन्यायाधीश बस्न नमिल्ने विवादपछि अदालतमा मुद्दा परेको थियो ।
प्रधानन्यायाधीशले सो मुद्दाको शुरु र फैसलाको दिन आफू नबस्ने भनेको भन्दै उक्त निर्णय संविधानविपरित भएको दावीसहित अधिवक्ता गणेश रेग्मीले रिट दर्ता गरेका थिए । आजको फैसलाले संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने वा नरहने भन्ने विषयको टुंगो लगाउने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij