Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

परराष्ट्रमन्त्री खड्काले आजै दिउँसो शपथ खाने, आजै बेलुकी न्यूयोर्क जाने

परराष्ट्रमन्त्री खड्काले आजै दिउँसो शपथ खाने, आजै बेलुकी न्यूयोर्क जाने


  • 3.5K
    Shares

    परराष्ट्रमन्त्री खड्काले आजै दिउँसो शपथ खाने, आजै बेलुकी न्यूयोर्क जाने
    images

    काठमाडौं । पराष्ट्रमन्त्रीको शपथ ग्रहण गरेर कार्यभार सम्हालेलगत्तै कांग्रेस सांसद डा. नारायण खड्का न्यूयोर्क जाने भएका छन् ।

    संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क प्रस्थान गर्ने स्रोतको भनाइ छ । उनले महासभालाई नेपालको तर्फबाट सम्बोधन पनि गर्ने छन् ।

    परराष्ट्र मन्त्री नहुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि बिग्रिने चिन्ता थियो । साथै संयुक्त राष्ट्रसंघको महासभामा को सहभागी हुने भन्ने पनि अन्यौल थियो । त्यसैले सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा। खड्कालाई परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको थियो ।

    सोही सहमति अनुसार डा। खड्का बुधबार परराष्ट्रमन्त्री नियुक्त हुँदैछन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री नियुक्त गरेर आजै पद तथा गोपनीयताको शपथ खुवाउने छिन् । त्यसपछि उनी सिंहदरबार गएर कार्यभार सम्हाल्ने छन्।

    प्रकाशित मिति :आश्विन ६ २०७८ बुधवार - ११:१६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij