Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कांग्रेस पदाधिकारी बैठक देउवा निवासमा बस्दै, आजै मन्त्रीको नाम टुंग्याउने

कांग्रेस पदाधिकारी बैठक देउवा निवासमा बस्दै, आजै मन्त्रीको नाम टुंग्याउने


  • 4.4K
    Shares

    कांग्रेस पदाधिकारी बैठक देउवा निवासमा बस्दै,  आजै मन्त्रीको नाम टुंग्याउने
    images

    काठमाडौं । बुधबार सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। बैठक प्रधानमन्त्री ताथ पार्टी सभापति शेरबहादुर देउवाको निजि निवास बूढानिलकण्ठमा दिउँसो ३ बजे बस्नेछ।

    देउवा आफैंले मन्त्रीहरुको नाम टुंग्याउनका लागि बैठक बोलाएका हुन्। प्रधानमन्त्री देउवाले डाक्टर नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने गरी सत्ता गठबन्धनमा सहमति गराइसकेका छन्। खड्काले बुधबार शपथ दिने बताइएको छ।

    उता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सरसल्लाहबिना मन्त्रीहरु छानिन लागेको भन्दै आपत्ति व्यक्त गरेको छ।

    पौडेल समूहले पार्टीमा छलफल नगरी निर्णय गर्दा अप्ठ्यारोमा पर्ने चेतावनी पनि दिएको छ। त्यसैले बुधबार पार्टीका पदाधिकारीको छलफलबाट मन्त्री छान्न लागिएको हो।

    प्रकाशित मिति :आश्विन ६ २०७८ बुधवार - १०:५९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij