Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु

पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु


  • 8.0K
    Shares

    पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु

    कास्की । पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९० पुगेको छ ।

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माका अनुसार प्रतिष्ठानमा तनहुँको म्याग्दे गाउँपालिका-५ का ७३ वर्षीय पुरुष र स्याङजाको फेदीखोला गाउँपालिका-१ की ७४ वर्षीया महिलाको मृत्यु भएको हो ।

    डा. शर्माका अनुसार तनहुँका कोरोना संक्रमित पुरुषको बुधबार साँझ ५:२० बजे प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा पुस ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    स्याङजाका कोरोना संक्रमित पुरुषको बुधबार राति ८:२० बजे मृत्यु भएको हो । उनीमा पुस ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    प्रकाशित मिति :पौष ९ २०७७ बिहिवार - १२:४८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij