२०८२ मंसिर १२ गते शुक्रवार
हाल बजारमा विभिन्न १० वटा कम्पनीको लिलामी सेयर धमाधम बिक्री भइरहेको छ ।
१) नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ३० गते, आइतबारबाट ३६ हजार ५ सय कित्ता संस्थापक समूहको सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरिरहेको छ । उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले असोज १३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त सेयरको न्यूनतम मूल्य एक हजार २२ रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम एक सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन् । संस्थाको सेयर बिक्री प्रबन्धकको काम आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गरेको छ । लगानीकर्ताले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।
२) ज्योति विकास बैंक लिमिटेड (मुक्तिनाथ क्यापिटलको स्वामित्वमा)
मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ज्योति विकास बैंक लिमिटेडको २९ हजार २ सय ५० कित्ता संस्थापक समूहको सेयर भदौ २९ गते, मंगलबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेको छ । बैंकको न्यूनतम मूल्य १४५ रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम एक हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि कार्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।
३) प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड
मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो स्वामित्वमा रहेको प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको ६ हजार ३६ कित्ता संस्थापक समूहको सेयर भदौ २९ गते, मंगलबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेको छ । कम्पनीको न्यूनतम मूल्य ३ सय ५० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले यस सेयरमा न्युनतम एक हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि कार्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।
४) मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड
मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले भदौ ३१ गतेदेखि ९५ हजार १ सय ६६ कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेको छ । उक्त सेयरको न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम एक हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि कार्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजीम्पाट, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।
५) ज्योति विकास बैंक लिमिटेड
ज्योति विकास बैंक लिमिटेडले भदौ ३१ गतेदेखि १ लाख ८१ हजार ४ सय ७० कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेको छ । उक्त सेयरको न्यूनतम मूल्य एक सय ८५ रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम एक हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि कार्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजीम्पाट, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।
६) प्रभु बैंक लिमिटेड
प्रुडेन्सियल क्यापिटल लिमिटेडले आफ्नो स्वामित्वमा रहेको प्रभु बैंक लिमिटेडको ५० हजार कित्ता संस्थापक समूहको सेयर भदौ ३१ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेको छ । उक्त सेयरको न्यूनतम मूल्य २ सय ५ रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि असोज ८ गते, शुक्रबारसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।
७) नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
प्रुडेन्सियल क्यापिटल लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक लाख कित्ता संस्थापक समूहको सेयर भदौ ३१ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेको छ । उक्त सेयरको न्यूनतम मूल्य ४ सय २१ रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि असोज ८ गते, शुक्रबारसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।
८) नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड
प्रुडेन्सियल क्यापिटल लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ३५ हजार कित्ता संस्थापक समूहको सेयर भदौ ३१ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेको छ । उक्त सेयरको न्यूनतम मूल्य ४ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि असोज ८ गते, शुक्रबारसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।
९) प्राइम कमर्सियल बैंक लिमिटेड
प्रुडेन्सियल क्यापिटल लिमिटेडले आफ्नो स्वामित्वमा रहेको प्राइम कमर्सियल बैंक लिमिटेडको एक लाख कित्ता संस्थापक समूहको सेयर भदौ ३१ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेको छ । उक्त सेयरको न्यूनतम मूल्य २ सय ८ रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि असोज ८ गते, शुक्रबारसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।
१०) प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७० हजार ६ सय ६९ कित्ता संस्थापक समूहको सेयर असोज १ गतेदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेको छ । उक्त सेयरको न्यूनतम मूल्य ५ सय १ रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम एक सय कित्तादेखि अधिकतममा सबै कित्ताको लागि असोज १५ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij