Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेपाल ल्युब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, शेयर खरिदकर्ताको ओहिरो, यस्तो छ कारण ?

नेपाल ल्युब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, शेयर खरिदकर्ताको ओहिरो, यस्तो छ कारण ?


  • 7.0K
    Shares

    नेपाल ल्युब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, शेयर खरिदकर्ताको ओहिरो, यस्तो छ कारण ?
    images

    काठमाडौं । सोमबार नेपाल ल्युब आयलको शेयरमा शेयरखरिदकर्ताको उच्च चाप रहेको छ । यस दिन (असोज ४ गते) कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

    कम्पनीले ३५ प्रतिशत लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका असोज ५ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने भएकाले असोज ४ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन र साधारण सभामा भाग लिन सक्नेछन् । जसकारण यस दिन कम्पनीको शेयरखरिदकर्ताको चाप रहेको छ ।

    कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर र ५ प्रतिश नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभाश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी असोज १८ गते साधारण सभा बोलाएको छ ।

    कम्पनीले सभा कार्यालय झम्सीलेख ललितपुरबाट भर्चुअल माध्यमबाट गर्ने जानकारी गराएको छ । साथै सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक नियुक्त गर्ने र आव २०७७र७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

    प्रकाशित मिति :आश्विन ४ २०७८ सोमवार - ११:५१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij