Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

विकास हाइड्रोपावरले १४ करोडको आईपीओ जारी गर्ने

विकास हाइड्रोपावरले १४ करोडको आईपीओ जारी गर्ने


  • 5.2K
    Shares

    विकास हाइड्रोपावरले १४ करोडको आईपीओ जारी गर्ने
    images

    काठमाडौं । विकास हाइड्रोपावरले साधारण सेयर (आईपीओ) निष्काशन प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

    कम्पनीले हिजो (भाद्र ३१ गते बिहीबार) प्रभु क्यापिटल लिमिटेडसँग सेयर निष्काशन सम्बन्धी सम्झौता गरेको हो । सम्झौतापत्रमा विकास हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

    कम्पनीले १४ करोड रुपैयाँ बराबरको १३ लाख ८८ हजार ५ सय कित्ता सेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री गर्ने भएको हो ।

    कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थित माछा खोलामा अपर माछा खोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । ४.५५ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ ।

    प्रकाशित मिति :आश्विन १ २०७८ शुक्रवार - १२:०९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij