Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेप्सेमा ४ कम्पनीको सेयर नेप्सेमा थपियो, कुनको कित्ता कति ?

नेप्सेमा ४ कम्पनीको सेयर नेप्सेमा थपियो, कुनको कित्ता कति ?


  • 9.5K
    Shares

    नेप्सेमा ४ कम्पनीको सेयर नेप्सेमा थपियो, कुनको कित्ता कति ?
    images

    काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४ वटा कम्पनीको सेयर सूचीकृत भएको छ । जसमा ३ वटा कम्पनीको ऋणपत्र र एक कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

    नेप्सेका अनुसार यस साता ग्लोबल आईएमई बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । ‘ग्लोबल आईएमई बैंक लिमिटेड डिबेन्चर (२०८६र८७) को ३० लाख कित्ता ऋणपत्र सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

    त्यसैगरी, नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ८ प्रतिशत बोनस सेयरबापतको ३ लाख ६५ हजार ८२३ दशमलव २४ कित्ता सेयर सूचीकृत भएको हो ।

    नेप्सेका अनुसार यस साता एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत भएको भएको छ ।

    एनआईसी एसिया बैंकको ‘एनआईसी एशिया ऋणपत्र २०८८’ को १५ लाख ७३ हजार ८ सय ७२ एकाइ र राष्ट्रिय वाणिज्य बैंकको “८.५५ आरबीबीएल डिबेन्चर २०८३” को २५ लाख एकाइ ऋणपत्र सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन १ २०७८ शुक्रवार - ११:५३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij