Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

निक्षेप जोगाउन बैंकहरुको ब्याजदर बढाबढ, यी हुन् धेरै ब्याज दिने बैंक,कुनले कति दिन्छन ?

निक्षेप जोगाउन बैंकहरुको ब्याजदर बढाबढ, यी हुन् धेरै ब्याज दिने बैंक,कुनले कति दिन्छन ?


  • 6.3K
    Shares

    निक्षेप जोगाउन बैंकहरुको ब्याजदर बढाबढ, यी हुन् धेरै ब्याज दिने बैंक,कुनले कति दिन्छन ?
    images

    सरकारले खर्च गर्न नसकेको र राष्ट्र बैंकले लागू गरेको कर्जा र निक्षेपबीच कायम गर्नुपर्ने अनुपातका कारण अहिले बैंकहरूमा लगानीयोग्य रकम (तरलता) अभाव देखिएको छ । बैंकहरूबीच एकआपसमा नै निक्षेप खोसाखोस हुन थालेको छ ।

    कम ब्याज दिएका बैंकमा रहेको निक्षेप बढी ब्याज दिने बैंकमा राख्नका लागि रकम तानातान भएको छ । यस्तो अवस्थामा बैंकमा रहेको निक्षेप जोगाउनका लागि बैंकहरूबीच निक्षेपको ब्याजदरमा बढाबढ भएको छ । निक्षेपको ब्याजदर जति बढी हुन्छ, स्वाभाविक रूपमा कर्जाको ब्याज पनि बढेको छ ।

    बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार हालसम्म सबैभन्दा बढी ब्याजदर दिनेमा सनराइज बैंक देखिएको छ । सनराइज बैंकले मुद्दती निक्षेपमा अधिकतमा १०.०७ प्रतिशत र सामान्य बचतमा ५.०७ प्रतिशत ब्याज दिएको छ ।

    धेरै ब्याज दिने दोश्रो बैंकमा प्राइम बैंक देखिएको छ । प्राइमले मुद्दती निक्षेपमा अधिकतम ९ दशमलव ७६ प्रतिशत र बचतमा ४ दशमलव ७६ प्रतिशत ब्याज दिएको छ ।

    क्रमश: एनएमबी, सानिमा र ग्लोबलले मुद्दती निक्षेपमा ९ दशमलव ५२, ९ दशमलव ५१ र ९ दशमलव ५ प्रतिशत ब्याज दिएका छन् ।

     

    प्रकाशित मिति :भाद्र ३१ २०७८ बिहिवार - १३:४३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij