२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९५२ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ३ पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij