Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

ज्योति लाईफद्वारा च्याटबट सार्वजनिक, सम्पूर्ण जानकारी एकै ठाउँमा

ज्योति लाईफद्वारा च्याटबट सार्वजनिक, सम्पूर्ण जानकारी एकै ठाउँमा


  • 5.4K
    Shares

    ज्योति लाईफद्वारा च्याटबट सार्वजनिक, सम्पूर्ण जानकारी एकै ठाउँमा

    ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले सुचना प्रविधिको युगमा आफ्ना ग्राहकलाई लक्षित गरी सेवाहरुलाई थप प्रविधि मैत्री बनाउदै लाने क्रममा स्वचालित रुपमा ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न 'Jyoti Bot' सेवा सुचारु गरेको छ।

    अब उप्रान्त ज्योति लाईफका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको जानकारी कम्पनीको वेबसाइट, फेसबुक पेजका साथै मोबाईल एप बाटै च्याटमार्फत स्वचालित रुपमा प्राप्त गर्न सकिने ज्योति लाईफले कम्पनीले जानकारी गराएको छ।

    च्याट बटमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिन उपयुक्त भाषा रोजेर उपलब्ध विकल्पको छनौट गरी जिज्ञासा राख्न सकिने छ । साथै कम्पनीका विभिन्न सेवाहरु सबै मित्र अभिकर्ता सम्बन्धि जानकारी, कम्पनीको बीमा योजना सम्बन्धि जानकारी र सो को प्रतिक्रिया, हेल्पडेस्क, अनलाईन भुक्तानी, डाउनलोडहरु तथा अन्य सेवाहरु उपलब्ध छन्।

    यसैगरी कम्पनीले आगामी दिनहरुमा उक्त च्याट बटमा थप सुबिधाहरु राख्दै सो सेवाहरुलाई अझ परिष्कृत बनाउने कुरा उल्लेख गरेको छ।

    प्रकाशित मिति :भाद्र ३० २०७८ बुधवार - १६:३५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij