Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

६ वटा हाइड्रोपावर कम्पनीहरुले लाभांश घोषणा गरे, कुनले कति दिने भयो ?

६ वटा हाइड्रोपावर कम्पनीहरुले लाभांश घोषणा गरे, कुनले कति दिने भयो ?


  • 9.4K
    Shares

    ६ वटा हाइड्रोपावर कम्पनीहरुले लाभांश घोषणा गरे,  कुनले कति दिने भयो ?
    images

    नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट धमाधम सेयरधनीलाई लाभांश घोषणा गर्न थालेका छन् ।

     यसैैक्रममा, हालसम्म गत वर्षको नाफाबाट ६ वटा हाइड्रोपावर कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् । लाभांश घोषणा गर्नेहरुमा रुरु जलविद्युत्, ङादी ग्रुप पावर, सिनर्जी पावर, अपी पावर, अरुण काबेली र सानिमा माइ हाइड्रोपावर रहेका छन् ।

     हालसम्म लाभांश गरेका हाइड्रोपावरमध्ये ङादी ग्रुप पावरले सबैभ्न्दा धेरै २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । ङादीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

     यसैगरी, अरुण काबेलीले १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । अरुणले १७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद दिने भएको हो ।

    यस्तै, अपी पावरले १०.५५ बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत गरी ११.१० प्रतिशत लाभांश दिने भएको हो ।

     यस्तै, सिनर्जी पावर, रुरु जलविद्युत् र सानिमा माइ हाइड्रोपावरले समान १०.५३ प्रतिशत लाभांश घोषणा गरेका छन् । यी तीनै कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद दिने भएका हुन् ।

     लाभांश घोषणा गरेकामध्ये ४ कम्पनीले लाभांश वितरणको लागि बुकक्लोज समेत गरिसकेका छन् । सिनर्जी पावर, ङादी, अपि र अरुण कावेलीले  बुकक्लोज गरिसकेका हुन् ।

     रुरुले साधरण सभा प्रयोजनका लागि असोज ७ गते र अरुणले असोज १८ गते बुकक्लोज तोकेको छ । बुकक्लोज मिति अघि सेयर किन्ने भने अझै यी दुई कम्पनीको लाभांश पाउँछन् ।

    hydro-dividend.jpg

    प्रकाशित मिति :भाद्र ३० २०७८ बुधवार - १३:३३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij