२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । शेयर बजारमा थप १९ कम्पनीले आईपीओ निष्कासन गर्न लागेका छन् । शेयर निष्कासन अनुमतिका लागि २० कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् । त्यस्तै, अन्य चार कम्पनी भने आईपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड जाने भएका छन् ।
सामान्यतया बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र शेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका १९ कम्पनीले ५ अर्ब ९० करोड ३६ लाख रुपैयाँ बराबरको ५ करोड कित्ता शेयर निष्कासन गर्ने जनाएका छन् ।
तीमध्ये १२ वटा जलविद्युत, दुई इन्स्योरेन्स, चार लघुवित्त र १ अन्य समूह अन्तर्गतका कम्पनी छन् । जलविद्युत् कम्पनीमध्ये प्रायःले स्थानीय र बाँकीले सर्वसाधारणका लागि शेयर निष्कासन गर्न लागेको बोर्डले जनाएको छ ।
आईपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएका कम्पनी

आवेदन दिएका जलविद्युत् समूहका कम्पनीमध्ये थ्रि स्टार, रिभर फल्स, अपर हेवाखोला, डोर्दि खोला, सयपत्री हाइड्रोपावर, बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर लिमिटेड, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, हिमालयन हाइड्रोपावर लिमिटेड, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि गरेर दुवैखाले शेयर निष्कासन गर्नेछन् ।
जलविद्युत्बाहेक अन्य तीन कम्पनीमा उपकार लघुवित्त, राष्ट्रिय उत्थान, जल्पा लघुवित्त, नेष्डो लघुवित्त र डिस मिडिया नेटवर्क छन् । यी कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन अनुमति मागेका छन् ।
पछिल्ला दिनमा दोस्रो बजारमा सूचीकृत हुने नयाँ कम्पनीमा जलविद्युत् धेरै छन् । कम्पनी थपिएसँगै बजारमा जलविद्युत् क्षेत्रको बाहुल्य पनि बढ्दै गएको छ । हाल सेयर बजारमा ३८ वटा जलविद्युत् कम्पनी सूचीकृत छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij