२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । दुई विकास बैंकसहित ६ कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने भएका छन् । नारायणी र कर्पोरेट डेभलपमेन्ट बैंकसहित ६ कम्पनीले हकप्रद निष्कासन गर्ने भएका हुन् ।
यी ६ वटै कम्पनी हकप्रद शेयर निष्कासन तथा स्वीकृतिका लागि पाइप लाइनमा रहेका छन् । नेपाल धितोपत्र बोर्डले स्वीकृति दिए लगतै यी कम्पनीले हकप्रद शेयर निष्काशन गर्नेछन् । तोकिएको समयमा चुक्ता पूँजी पुर्याउनका लागि विभिन्न कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्न लागेका हुन् ।
६ वटा कम्पनीहरुले कूल एक अर्ब ७८ करोड ४० हजार ९ सय ८४ कित्ता हकप्रद शेयर निष्काशनका लागि आवेदन दिएका हुन् । जसमध्ये दुई बीमा कम्पनी र फाइनान्स, विकास बैंक र हाईड्रो पावर कम्पनीहरु रहेका छन् ।
नेपाल धितोपत्र बोर्डमा समृद्धि फाइनान्स, आइएमई जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, छ्याङदी हाईड्रो पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंकले निवेदन दिएका छन् ।
शिखर इन्स्योरेन्स कम्पनीले ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । त्यस्तै, आईएमई जनरल इन्स्योरेनस ४६ लाख ३० हजार ३ सय ४४ कित्ता, कर्पोरेट डेभलपमेन्ट बैंकले ३० लाख कित्ता, समृद्धि फाइनान्सको २७ लाख २९ हजार ७ सय ५ कित्ता, नारायणी डेभलपमेन्ट बैंकको १३ लाख १२ हजार ३ सय ३८ कित्ता र छ्याङ्दी हाईड्रो पावरको ८ लाख ३० हजार २५ कित्ता शेयर हकप्रद निष्कासन गर्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij