Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

साहसिक निर्णय

बार्षिक ४० अर्ब जोगाउने निर्णय गरेपछि अर्थमन्त्री शर्माको उद्योगीले गरे जयजयकार, के हो त्यस्तो निर्णय ?

बार्षिक ४० अर्ब जोगाउने निर्णय गरेपछि अर्थमन्त्री शर्माको उद्योगीले गरे जयजयकार, के हो त्यस्तो निर्णय ?


  • 5.9K
    Shares

    बार्षिक ४० अर्ब जोगाउने निर्णय गरेपछि अर्थमन्त्री शर्माको उद्योगीले गरे जयजयकार, के हो त्यस्तो निर्णय ?
    images

     अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपालमा उत्पादित विद्युत् नेपालमै खपत गरेर बिलेट उत्पादन गर्ने नीति ल्याएपछि उद्योगीहरुमा उत्साह जागेको छ । गत शुक्रबार अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकबाट ‘स्पन्ज आइरन’मा भन्सार शून्य, आयातीत बिलेटमा अन्तःशुल्क बढाएपछि यसको तत्काल केही फलामे डण्डी उद्योगले विरोध गरे पनि दीर्घकालमा यो निर्णयले तिनै उद्योगलाई फाइदा पुग्नेछ ।

    नेपाललाई ‘स्पन्ज आइरन’मा आत्मनिर्भर गराउने उद्देश्यसहित ल्याइएको यो नीतिले दीर्घकालमा नेपाललाई फाइदा पुग्ने छ । यसबाट बढ्दो व्यापार घाटा कम हुनुको साथै ३०० मेगावाट विद्युत् खपत हुँदा विद्युत् प्राधिकरणलाई दैनिक तीन करोड आम्दानी हुनेछ ।

    अर्थमन्त्री शर्माले मुलुकभित्र स्टिल बिलेट उत्पादनलाई प्रोत्साहन गर्न कच्चा पदार्थ (स्पन्ज आइरन) आयातमा भन्सार शून्य गरिदिएको छ  । प्रतिस्थापन विधेयकले स्पन्ज आइरन आयातमा लाग्दै आएको ५ प्रतिशत भन्सारलाई शून्यमा झारेको छ ।

    यो प्रतिस्थापन विधेयकले स्वदेशमा उत्पादित स्टिल बिलेट तथा फलामजन्य वस्तुमा अन्तःशुल्क पनि हटाएको छ भने, आयातित बिलेटको अन्तःशुल्क प्रतिकिलो दुई रुपैयाँ ५० पैसा बढाएको छ । यसअघिको बजेटमा स्वदेशमा उत्पादित र आयात गरिएका दुवैमा प्रतिकिलो एक रुपैयाँ ६५ पैसा अन्तःशुल्क लाग्दै आएको थियो । र, स्पन्ज आइरन तथा स्टिल बिलेट आयातमा भन्सारदर पाँच प्रतिशत थियो । गत शुक्रबार अर्थमन्त्री शर्माले आर्थिक ऐन संशोधन गरेर स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न यस्तो नीति ल्याएपछि उद्योगीहरु उत्साहित भएका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं पशुपति आइरनका सञ्चालक पशुपति मुरारकाले सरकारले ल्याएको प्रतिस्थापन विधेयकले मुलुकभित्र बिलेट उद्योग खोल्ने वातावरण बनाइदिएकोमा स्वागत गरेका छन् । मुरारकाले भने– ‘हाम्रो स्थानीय कच्चा पदार्थ भनेकै बिजुली हो, बिलेट उद्योगले धेरै बिजुली खपत गर्छन्,’ ‘डन्डी बनाउँदा बिलेट रि–हिटिङ गर्नुपर्छ, तर यहीँ बिलेट बनाएर डन्डी बनाउँदा रि–हिटिङ गर्नुपर्दैन, भट्टीबाट निस्केको तात्तातो बिलेटबाट डन्डी बनाउन सकिन्छ, यसले एक टन डन्डी उत्पादन गर्दा बिलेट रि–हिटिङमा खपत हुने ४० लिटर फर्नेस आयलमा समेत बचत हुन्छ ।’ विद्युत् उत्पादनमा खर्बौ लगानी भएको छ । त्यो विद्युत् स्वदेशी उद्योगमा खपत गर्नु देशलाई आत्मनिर्भर बनाउने हो ।’

    स्टिल बिलेट उत्पादक संघले स्वदेशमै बिलेट उद्योगहरू खुल्ने वातावरण बनाउन स्पन्ज आइरन र बिलेटको भन्सारदर कम्तीमा १० प्रतिशत फरक बनाउन माग गर्दै आइरहेको थियो । नेपालका फलामे छड उद्योगहरूले भारतबाट स्टिल बिलेट आयात गरेर डन्डी बनाउँदै आइरहेका छन् । सर्वोत्तम स्टिल, पशुपति आइरन, लक्ष्मी स्टिल, जगदम्बा स्टिल, अम्बे स्टिल, अशोक स्टिल, नारायणी स्टिल, एमएस हाइटेक स्टिललगायतले स्पन्ज आइरन ल्याएर स्वदेशमै बिलेट उत्पादन गर्दै आएका छन् ।

    अन्तर्राष्ट्रिय बजारमा बिलेटको मूल्य बढ्दै गएको कारण उपभोक्ता मारमा छन् । स्पन्ज आइरनको मूल्य सस्तो हुने भएकोले यस नीतिबाट उपभोक्ता लाभान्वित हुनेछन् । अहिले वार्षिक ८५ अर्ब बराबरको बिलेट आयात हुन्छ । स्वदेशमै बिलेट उत्पादन हुन थालेपछि आयात ४० अर्बमा झर्ने छ । यस नीतिबाट रोजगारसमेत बढ्ने छ ।

    अर्थमन्त्री शर्माको यो निर्णयले एक वर्षभित्र डन्डीको मूल्य १० प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ । समाचारका अनुसार, नेपालमा वार्षिक १० लाख टनभन्दा बढी डन्डी उत्पादन हुने र स्पन्ज आइरनबाट बिलेट उत्पादन हुँदा कम्तीमा चार करोड लिटर फर्नेस आयल बचत हुने उद्योगीहरु बताउँछन् । बिलेट ल्याएर डन्डी बनाउँदा १० प्रतिशत मात्र मूल्य अभिवृद्धि हुन्छ, जबकि अहिलेकै अवस्थामा स्पन्ज आइरन आयात गरी स्वदेशमै बिलेट बनाएर डन्डी बनाउँदा ५० प्रतिशसम्म मूल्य अभिवृद्धि हुनेछ ।

    प्रकाशित मिति :भाद्र २९ २०७८ मंगलवार - १३:५३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij