Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आजदेखि पुनः अनलाइनबाटै श्रम स्वीकृति

आजदेखि पुनः अनलाइनबाटै श्रम स्वीकृति


  • 8.2K
    Shares

    आजदेखि पुनः अनलाइनबाटै श्रम स्वीकृति

    काठमाडौं । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई पुनः श्रम स्वीकृति (रि–इन्ट्री)लागि श्रम कार्यालय धाएर लाइन बस्नु नपर्ने भएको छ ।

    अनलाइनबाटै श्रम स्वीकृति दिने व्यवस्था बुधवारदेखि कार्यान्वयन भएसँगै जो जुन देशमा छ त्यहीँबाटै श्रम स्वीकृति लिन सक्ने छन् ।

    वैदेशिक रोजगार विभागले आज बुधबारदेखि सो व्यवस्था लागू गर्ने भने पनि प्राविधिक समस्याका कारण सम्भव नभएको विभागका निर्देशक टिकामणी नेउपानेले  बताए । 

    ‘आजदेखि लागू गर्ने भनेर हाम्रो प्राविधिक टोली खटिएको छ, तर प्राविधिक समस्याका कारण आजदेखि लागू गर्न भने सकिएन, अब एक–दुई दिनमै सो व्यवस्था लागू हुन्छ,’ विभागका निर्देशक नेउपानेले भने।  

    सो व्यवस्था अनुसार रोजगारीका क्रममा विदेशमा रहेकाले विदेशबाटै पुनः श्रम स्वीकृति लिन सक्नेछन्। त्यस्तै रोजगारीबाट बिदामा फर्किएकाहरुले पनि घरबाटै अनलाईनमार्फत् पुनः श्रम स्वीकृति लिन सक्नेछन्। अब ३ दिनभित्रमा यो व्यवस्था सुरु हुने विभागले जनाएको छ।

    ‘अब एक–दुई दिनपछि श्रमिकहरुले संसारको जुनसुकै कुनामा बसेर या आफ्नो घर, कोठाभित्र रहेर पुनः श्रम स्वीकृति लिन सक्नुहुन्छ,’ निर्देशक नेउपानेले भने। 

    यो व्यवस्था लागू भएसँगै पुनः श्रम स्वीकृतिका स्वदेश फर्कनुपर्ने तथा वैदेशिक रोजगार कार्यालयमा धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ। 

    त्यस्तै पुनः श्रम स्वीकृतिका नाममा हुने विकृति÷विसंगतिसमेत अन्त्य हुने विभागको विश्वास छ। यस अघि पुनः श्रम स्वीकृतिको काम छिटो मिलाई दिने भन्दै श्रमिकहरुसँग दलालहरुले पैसा खाने प्रवृत्ति मौलाएको थियो। 

    वैदेशिक रोजगारीलाई पारदर्शी बनाउने हिसाबले पुनः श्रम स्वीकृतिलाई अनलाईन प्रणालीमार्फत् दिने व्यवस्था लागू गर्न लागिएको हो। 

    यसअघि नै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई श्रम स्वीकृतिको इलेक्ट्रोनिक निस्सा (ई–स्टिकर) दिने व्यवस्था लागू गरिसकेको छ । त्यस्तै गरी केही समयअगाडि मात्रै वैदेशिक रोजगारीमा जाने श्रमिकले बिमा तथा कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम पनि अनलाइन प्रणालीमार्फत् नै भुक्तानी गर्न सक्ने व्यवस्था गरिसकेको छ ।

    श्रमिकहरुले ई–सेवा, फोन पे प्रालि, स्प्यारो पे प्रालिलगायत भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट घरै बसेर अनलाईनमार्फत् बिमा तथा कल्याणकारी कोषको रकम जम्मा गर्न  सक्छन्। अन्य भुक्तानी सेवा प्रदायक कम्पनीसँग समेत सहकार्य गरेर थप सहज बनाइने विभागले जनाएको छ। 

    अनलाईन प्रणालीमार्फत् श्रम स्वीकृतिको व्यवस्था लागू भएपछि विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मा लग–इन गरी आफू जहाँ बसेको हो, त्यहीँबाट पुनः श्रम स्वीकृति लिन सकिन्छ । 
     

    प्रकाशित मिति :पौष ८ २०७७ बुधवार - १३:१२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij